कोलकाता, 14 अगस्त (हि.स.)। केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले बिहीवार सोशल मीडियामा विभाजन विभीषिका स्मृति दिवसको स्मरणलाई ताजा बनाउँदै ती लाखौं मानिसहरूलाई श्रद्धाञ्जली दिए जसले देशको विभाजन अवधि विस्थापित भए वा आफ्नो ज्यान गुमाए।
उनले आफ्नो सन्देशमा लेखे, “आज 14 अगस्त, विभाजन विभीषिका स्मृति दिवसमा भारत माताका ती सबै वीर सन्तानहरूलाई विनम्र श्रद्धाञ्जली जो देश विभाजनको कारणले रातोरात घरबार बिहीन भए अनि विभाजनको भयवाहताको सामना गर्न बाध्य भए।”
स्मरण गराइन्छ, 1947 सालमा भएको देश विभाजन अवधि लाखौं परिवार बेघर भएका थिए भने असंख्य मानिसहरूले ज्यान गुमाएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले 14 अगस्त, 2021-मा घोषणा गरेका थिए कि 1947 सालको विभाजनमा भारतीयहरूले झेलेका दुःख अनि बलिदानलाई याद राख्नको लागि हरेक वर्षको 14 अगस्तलाई विभाजन विभीषिका स्मृति दिवसको रूपमा मनाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा