हावड़ा, 14 अगस्त (हि.स.)। दास नगरको कोना क्षेत्रमा बिहिवार बिहान एक आलु लादिएको भ्यान चलाइरहेका 50 वर्षीय वयस्क आलोक नस्करको एकजना व्यक्तिले थप्पड़ले हिर्काएको कारणले मृत्यु भयो। घटनापछि आक्रोशित भीड़ले आरोपीलाई मरूञ्जेल कुट्यो। पुलिसले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गऱ्यो।
प्राप्त जानकारी अनुसार दास नगर थाना अन्तर्गत कोनाक्षेत्र निवासी आलोक नस्कर भ्यानमा आलु लिएर बनारस रोडको कोना स्कूल चौरस्ता भएर गुज्रिरहेका थिए। यसै क्रममा तिनको भ्यान अनियन्त्रित भएर सड़क किनारमा उभिएका असिम दाससित ठोक्कियो जसले गर्दा आलु सड़कभरि फैलियो। आक्रोशित भएर असिमले आलोकलाई थप्पड़ले हिर्काए जसले गर्दा तिनी सड़कमा लड़ेर तिनको शिरमा गम्भीर चोट लाग्यो।
हतार-हतार अस्पताल लैजाँदै गर्दा तिनको बाटोमै मृत्यु भयो। घटनाको खबर फैलिनसाथ क्षेत्रका मानिसहरू आक्रोशित भए। त्यसपछि भीड़ले असिम दासलाई घेरेर कुट्न शुरू गऱ्यो। सूचना पाएर ठूलो संख्यामा पुलिस बल सहित घटनास्थलमा पुग्यो अनि आरोपीलाई आक्रोशित भीड़देखि मुक्त गरायो।
मृतकका परिवार पक्षले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा