सिलगढ़ी, 14 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस अगाड़ी सिलगढ़ी महकुमाको खोरीबाड़ीमा अपराधीहरूले एटीएम लूटको असफल प्रयास गरेका छन्। यद्यपि, अपराधी आफ्नो मनसायमा सफल हुन पाएनन्।
प्राप्त जानकारी अनुसार, खोरीबाड़ीदेखि बिहार जाने राष्ट्रिय राजमार्ग स्थित एटीएममा बुधवार अबेर राति लगभग 2 बजी चार अपराधीले पसेर लूट्ने प्रयास गरे। जब यिनीहरू एटीएम लुट्नमा असफल रहे, यिनीहरूले तोड़फोड़ गरेर निस्के।
पछि घटनाको सूचना पाएपछि नक्सलबाड़ीका सीआई, खोरीबाड़ी थाना प्रभारी र पुलिस अधिकारी घटनास्थलमा पुगे। यस विषयमा एटीएमका सम्बन्धित अधिकारी निरन्जन मण्डलले बताए, हिजो मात्र एटीएममा रूपियाँ लोडिङ गरिएको थियो। अपराधीहरूले एटीएम लूट्ने हरसम्भव प्रयास गरे तर यसमा सफल भएनन्। यद्यपि, अपराधीहरूले एटीएममा तोड़फोड़ गरेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी