बाराबंकी, 14 अगस्त (हि.स.)। बाराबंकीको कोठी थाना क्षेत्रमा एकजना विवाहिताले दुईजना सन्तानसितै नदीमा हाम फालेर आत्महत्या गरिन्। घटना बीबियापुर घाट गाउँमा बिहीवार भएको हो। पुलिसले स्थानीय गोताखोरहरूको सहयोगमा तीनैजनाको शवलाई नदीबाट उद्धार गरेको छ।
मृतका मिथिलेश कुमारी यादवले आत्महत्या गर्नपूर्व एसपी बाराबंकीलाई सुसाइड नोट लेखेकी थिइन्। तिनले सासु-ससुरा र देवरमाथि प्रताड़ित गरेको आरोप लगाएकी छन्। नोटमा लेखिएको छ, पछिल्लो 15 दिनदेखिको सासु-ससुरा र देवरले 2 लाख रुपियाँ साथै गहनाको माग गर्दै आइरहेका थिए।
पैसा र गहना दिएपछि पनि प्रताड़ना जारी रह्यो। मिथिलेशको पहिलो पतिको मृत्यु भइसकेको छ। तिनले 3 महिना अगाड़ी आफ्नै देवरसित दोस्रो विहे गरेकी थिइन्। सुसाइड नोट अनुसार देवरले पनि उसलाई प्रताड़ित गरिरहेको थियो। घटना घटेको दिन परिवारले उसलाई नानीहरू सहित घरबाट निकालिदिएको थियो।
प्रत्यक्षदर्शीहरूले बताए, महिलालाई नानीहरूसितै नदीमा हाम फालेको देखियो। वर्षाको कारणले नदीको जलस्तर अधिक रहेको कारणले बचाउ कार्यमा कठिनाई भयो। नेपुराका गोताखोरहरू खोजीमा जुटे।
पुलिसले सुसाइड नोटलाी कब्जामा लिएर जाँच शुरू गरेको छ। कोतवालले बताए, सबै शवलाई उद्धार गरिसकिएको छ। घटनाका सबै पक्षहरूको जाँच गरिँदैछ। माइती पक्षको भनाइ छ, विवाहितालाी लामो समयदेखिकै मानसिक तथा शारीरिक रूपमा प्रताड़ित गरिँदै आएको थियो। मिथिलेशको जेठो छोरा 6 वर्ष र कान्छो छोरा 4 वर्षको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा