कोलकाता, 14 अगस्त (हि.स.)। बंगालकोखाड़ीमा निर्मित निम्न दबावको कारणले राज्यको मौसममा ठूलो परिवर्तन देखिँदैछ। बिहीवार कोलकाता लगायत दक्षिण बंगालका सबै जिल्लाहरूमा मेघ गर्जन सहित वर्षा हुने पूर्वानुमान छ।उत्तर बंगालका दार्जीलिङ सहित पाँचवटा जिल्लाहरूमा घना वर्षा हुने चेताउनी जारी गरिएको छ।
अलिपुर मौसम विभागअनुसार पश्चिम-मध्य औउत्तर-पश्चिम बंगालकोखाड़ीमाबनिएकोनिम्न दबावआगामी दुई दिनमा अझ बलियो भएर उत्तर आन्ध्रप्रदेश र दक्षिण ओडिशा तट नजिक पुग्ने सम्भावना छ। यसको प्रभावबाट शुक्रवार उत्तर तथा दक्षिण 24 परगना,पूर्वतथापश्चिम मेदिनीपुरर झाड़ग्रामकाकेही भागहरूमा मेघ गर्जन सहित वर्षा हुनसक्छ। साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने पूर्वानुमान छ।
आगामी शनिवारवर्षाकोतीव्रता घट्ने सम्भावना छ तथापि केही जिल्लाहरूमा छुटपुट मेघ गर्जन सहित हल्का वर्षा हुनसक्छ। नदिया, मुर्शिदाबाद औबीरभूम जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने अनुमान लगाइएको छ। आगामी आइतवार र सोमवार वर्षा अझ घट्नेछ।
उत्तर बंगालमा बिहीवार दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार तथा जलपाईगुड़ी जिल्लामा घना वर्षाको चेताउनी जारी गरिएको छ। मालदा र उत्तर तथा दक्षिण दिनाजपुरमा सामान्यदेखि मध्यम वर्षा हुनसक्छ। शुक्रवार र शनिवार पानी पर्न कम हुनेछ, तर आइतवार फेरि मौसम परिवर्तन हुने सम्भावना छ।
लगातार वर्षाकोकारणले दार्जीलिङ र कालेबुङका पार्वतीय क्षेत्रहरूमा पैह्रो जाने आशंका व्यक्त गरिएको छ। सिलगढ़ी तथा यस वरपरका तल्लो क्षेत्रहरू जलमग्न हुने जोखिम छ। मौसम विभागले तल्लो क्षेत्र, अण्डरपास तथा नदी किनारमा बस्ने मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ। घना वर्षामा दृश्यता कम रहने अलर्ट पनि जारी गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा