विद्यार्थीहरूले देशभक्तिपूर्ण जोशका साथ भारतको एकता र स्वतन्त्रताको उत्सव मनाए
गान्तोक, 14 अगस्त (हि.स.)। केन्द्रिय सञ्चार ब्यूरो (सीबीसी) र पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकले स्वतन्त्रता दिवस समारोहको पूर्वसन्ध्यामा आज गान्तोकस्थित नील तारा एकाडेमीमा एक आउटरिच कार्यक्रम आयोजना गरे। हर घर तिरङ्गामाथि प्रकाश पार्दै यो कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा देशभक्ति र राष्ट्रिय गौरवको भावना जगाउनु रहेको थियो।
कार्यक्रममा एक चित्रकला प्रतियोगिता पनि आयोजना गरियो, जहाँ विद्यार्थीहरूले ‘हर घर तिरङ्गा’ विषयमा आफ्नो कलात्मक कौशल प्रदर्शन गरे। किदेनला गुरुङले पहिलो पुरस्कार प्राप्त गरिन्, त्यसपछि अदिति तामाङ र अक्षत गुरुङले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे। प्रिन्स पी शाह र एमडी मसुन आलमले आफ्नो प्रभावशाली कलाकृतिको लागि सान्त्वना पुरस्कार प्राप्त गरे।
चित्रकला प्रतियोगिताको अतिरिक्त, विद्यार्थीहरूमाझ खुल्ला क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा हाम्रो स्वतन्त्रता आन्दोलनको महत्त्वलाई प्रकाश पारियो। विद्यार्थीहरूले भाषण, कविता पाठ र देशभक्ति गीतहरूको प्रस्तुत दिएर आफ्नो प्रतिभाको प्रदर्शन गरे, जसले माहोल राष्ट्रिय गौरव तथा जोशले भरिएको थियो।
कार्यक्रममा अभिनेता निलेश राई मुख्य अतिथिका रूपमा उपस्थित थिए। अन्य विशिष्ट अतिथिहरूमा आकाशवाणी गान्तोककी सेवानिवृत्त वरिष्ठ समाचारवाचक तथा अनुवादक उषा शर्मा, विशेष अतिथिको रूपमा नील तारा एकाडेमीका विभाग प्रमुख वरुण सिंह र उपप्राचार्य कीर्तन राई र समीर गुरुङ सामेल थिए।
यो कार्यक्रममा विद्यालयका शिक्षक, सङ्काय सदस्य र कर्मचारीहरूका साथै पीआईबी गान्तोक र आकाशवाणी गान्तोकका अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अतिरिक्त, नील तारा एकाडेमीका धेरै सङ्ख्यामा विद्यार्थीहरूले ठूलो उत्साहका साथ कार्यक्रममा भाग लिएका थिए।
कार्यक्रमको प्रारम्भमा पीआईबी गान्तोक र आकाशवाणी समाचारका सहायक निर्देशक मानस प्रतिम शर्माले विशिष्ट अतिथि र विद्यार्थीहरूलाई न्यानो स्वागत जनाए। उनले ‘हर घर तिरङ्गा’ अभियान र भारतको स्वतन्त्रता दिवस मनाउने महत्त्वमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विभाग प्रमुख वरुण सिंहले जागरूकता कार्यक्रमको आयोजना गरेकोमा कृतज्ञता व्यक्त गर्दै विविध विषयवस्तुमा यस्तै शिक्षाप्रद पहलले विद्यार्थीहरूलाई धेरै फाइदा पुऱ्याउने कुरामा जोड दिए। उपप्राचार्य कीर्तन राईले पनि यस्तै भावनालाई दोहोर्याउँदै यस्ता जानकारीमूलक जागरूकता शिविरहरूले विद्यार्थीहरूमा मात्र नभई व्यापक समाजमा पनि गहिरो प्रभाव पार्ने कुरा उल्लेख गरे।
निलेश राईले एक मार्मिक भाषण दिँदै राष्ट्रको लागि अपार बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरे। उनले उनीहरूको योगदानलाई याद गर्ने र उनीहरूको विरासतलाई सम्मान गर्ने महत्त्वमाथि जोड दिए। राईले आजाद हिन्द फौज (आईएनए) का एक बहादुर भारतीय गोर्खा सिपाही मेजर दुर्गा मल्लको उल्लेखनीय कहानीमाथि पनि प्रकाश पारे, जसले 31 वर्षको अल्पायुमा राष्ट्रका लागि आफ्नो प्राण बलिदान दिएका थिए।
यस कार्यक्रम स्वतन्त्रता दिवसको महत्त्व र हर घर तिरङ्गा अभियानको बारेमा विद्यार्थीहरूलाई शिक्षित र प्रेरित गर्न तयार गरिएको थियो। यो पहलको उद्देश्य विद्यार्थीहरूलाई उत्सवमा भाग लिन र युवा पुस्तामा देशभक्ति प्रवर्द्धन गर्न प्रोत्साहित गर्नु थियो।
पीआईबी र सीबीसी गान्तोकले सरकारी कार्यक्रम र योजनाहरूको बारेमा जानकारी प्रसारित गर्न, जागरूकता प्रवर्द्धन गर्न र जनतालाई सशक्त बनाउनका लागि सिक्किमरा विभिन्न स्थानमा प्रायः यस्ता अभियानहरू आयोजन गर्छन्। नील तारा एकाडेमीमा आयोजित कार्यक्रम युवाहरूसँग जोड़िन र राष्ट्रिय गौरवलाई बढ़ावा दिने यी प्रयासहरूको एक हिस्सा थियो।
हिन्दुस्थान समाचार / बिशाल