-जब राजा जाग्यो भनेजनता निर्विघ्नभएर सुत्छन्
लखनऊ, 14 अगस्त (हि.स.)। परिवहन मन्त्री दयाशंकरसिंहले भने, सामूहिक प्रयासबाटै विकसित भारत बन्नेछ। उनले भने, जुन राज्यका राजा जाग्छन्, त्यस राज्यका जनता निर्विघ्न भएर सुत्छन्। यही नै वास्तविक रामराजको पहिचान हो।भिजन डक्युमेन्ट तथा ‘विकसित उत्तर प्रदेश@2047-माथि केन्द्रित विधानमण्डल सत्र अवधि परिवहन मन्त्री दया शंकर सिंहले बिहीवार बिहान विधानसभाको मीडिया सेन्टरमा पत्रकारहरूसित बातचित गरे।
सिंहले बताए, मानसून सत्र जुन11 अगस्तदेखि शुरू भएको छ जुन राज्यको इतिहासमा सबैभन्दा लामो सत्रहरूमध्ये एक हो। यस सत्रकोमुख्य आकर्षण ‘विकसित भारत, विकसित उत्तर प्रदेश@2047’भिजन डक्यूमेन्टमाथिकेन्द्रित 24 घण्टाकोविशेष चर्चा जहाँ हामी उपस्थित छौं। यस चर्चामा सत्ता अनि विपक्षका सदस्यहरूले रातभरि उत्साहपूर्वक भाग लिरहेका छन्।
परिवहन मन्त्री दयाशंकरसिंहले सत्र अवधि परिवहन विभागको उपलब्धि तथा योजनाहरूलाई रेखांकित गरे। उनले भने, उत्तर प्रदेश विधानसभाको यो सत्र ‘विकसित उत्तर प्रदेश@2047’-कोभिजनलाी मूर्त रूप दिनेदिशामाएक महत्वपूर्ण कदममात्र नभएर परिवहन जस्तो महत्वपूर्ण क्षेत्रमा जनहितकारी योजनाहरूलाई लागू गर्ने प्रतिबद्धतालाई पनि दर्शाउँछ। परिवहन मन्त्री दयाशंकर सिंहले भने, यो सत्रले सरकारका जनकल्याणकारी नीतिहरूलाई अझ सशक्त बनाउनेछ।
मीडियासितबातचित गर्दै सहकारिता मन्त्री जेपीएस राठौरले मुख्यमन्त्री योगी आदित्यनाथलाई 24 घण्टासम्म भएको चर्चाको फसेलाको लागि बझाई दिँदै भने, उत्तर प्रदेशलाई सर्वोत्तम तथा विकसित प्रदेश बनाउनको लागि सबै विधायकहरूको विचार सुन्नु आवश्यक छ। गौरीगञ्ज (अमेठी)-काविधायक राकेश प्रताप सिंहलेमथुरामाश्री बाँके बिहारी मन्दिर न्यास अध्यादेश-2025लाई लिएर योगी सरकारकोसराहनागर्दै भने, यो अध्यादेश मन्दिरको व्यवस्थालाई अझ सुदृढ़ बनाउनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा