पार्थ सारथी महन्त राष्ट्रपति पुलिस पदकको लागि चयनित
पार्थ सारथी महन्त राष्ट्रपति पुलिस पदकको लागि चयनित


गुवाहाटी, 14 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस-2025 को अवसरमा असम पुलिसका अधिकारीहरूलाई उनीहरूको कर्तव्य परायणताको लागि पुरस्कृत गर्नका लागि चयनित गरिएको छ। यस आशयको जानकारी बिहीवार असम पुलिस मुख्यालयद्वारा दिइएको हो।

विशिष्ट सेवाको लागि राष्ट्रपति पुलिस पदकको निम्ति पुलिस आयुक्त पार्थ सारथी महन्तलाई चयनित गरिएको छ भने वीरताको लागि पुरस्कृत हुनेहरूमा पुलिस अधीक्षक गौरव अभिजीत दिलीप, उपमण्डल पुलिस अधिकारी हेमन्त कुमार बोरो र कन्स्टेबल अखिल रञ्जन दास सामेल रहेका छन्।

यस अतिरिक्त उत्कृष्ट सेवाको लागि पुलिस पदक पाउनेहरूमा महानिरीक्षक संजुक्ता परासर, महानिरीक्षक विवेक राज सिंह, कमाण्डेन्ट जयश्री खेरसा, पुलिस अधीक्षक हृदयजीत बर्मन, पुलिस अधीक्षक नुमल महत्ता, कमाण्डेन्ट देबाशीष बोरा, कमाण्डेन्ट तब्बू राम पेगु, पुलिस उपाधीक्षक निर्मल चन्द्र विश्वास, निरीक्षक ललित सैकिया, उप-निरीक्षक अखिल कुमार दास, इन्स्पेक्टर ध्रुबा सार्की, सहायक कमाण्डेन्ट नबीन चन्द्र शर्मा तथा सब-इन्स्पेक्टर रविन्द्र सिंघाको नाम सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande