दार्जिलिङ, 14 अगस्त (हि.स.)। राज्यसभा सांसद एवं पूर्व विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलालाई आज दार्जिलिङमा भव्य स्वागत गरियो। उनी राष्ट्रपतिद्वारा राज्यसभा सांसद मनोनित भएपछि पहिलोपल्ट दार्जिलिङ आएका हुन्।
उनलाई आज बिहान खरसाङमा पनि स्थानीयहरुले भव्य स्वागत जनाएका थिए। नोकरशाहको रुपमा 4 दशक लामो देशसेवाको अनुभवपछि आफू जनसेवक भएर मनसुन सत्रमा भाग लिइसकेको पूर्व श्रृङ्गलाले आज दार्जिलिङमा बताए। खुनमा रहेको सेवाभावको सिद्धान्त यो कार्यकालभरि कायम रहने अडान राख्ने सांसद श्रृंङ्गलालाई अर्कोतिर संसदको वर्षाकालीन पहिलो सत्रबाटै राजनीतिबारे धेरै थोक सिक्न सकेको मत स्पष्ट गरेको देखियो।
विभिन्न संघसंस्था तथा नागरिक समाजद्वारा गरिएको भव्य स्वागतप्रति हर्ष र गर्व लागेको सुनाउँदै उनले बिना निम्तो भेला हुनेहरुलाई कसरी गुण फर्काउने भनी बताए। उनीहरु सबैसित मिलेर पहाडको सपना साकार तुल्याउन कोशिश गर्ने उनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक