जलपाईगुड़ीमा ऱ्याट फिभरका संक्रमितहरूको संख्या बढ़ेर 73 पुग्यो
जलपाईगुड़ीमा ऱ्याट फिभरका संक्रमितहरूको संख्या बढ़ेर 73 पुग्यो


जलपाईगुड़ी, 14 अगस्त (हि.स)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत चेकरमारी गाउँमा लेप्टोस्पाइरा (ऱ्याट फिभर) संक्रमितहरूको संख्या बढ़्दै गइरहेको छ। गाउँमा पहिला 15 जना मानिसहरू यसबाट संक्रमित भएका थिए भने अहिले यो संख्या बढ़ेर 73 पुगेको छ।

वास्तवमा गत मंगलवार उक्त गाउँबाट थप 67 जना मानिसहरूको रगतको नमूना एकत्र गरेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको थियो। मेडिकल कलेजबाट रिपोर्ट आएपछि थाहा लाग्यो, थप 58 जना मानिसहरू ऱ्याट फिभरबाट संक्रमित भएका छन् जसबाट यस रोगले ग्रस्त मानिसहरूको संख्या पुग्यो 73। यसको साथै अन्य दुईजना मानिसहरू स्क्रब टाइफस रोगबाट संक्रमित भएका छन्। यी दुवै रोग मुसाहरूबाट फैलिने रोग हो।लेप्टोस्पाइरादेखि संक्रमित 58 मानिसहरूमध्ये 23 जना नाबालिक छन्।

उल्लेखनीय छ, केही दिनदेखिको राजगञ्ज ब्लकका केही क्षेत्रहरूमा यस ज्वरोको संक्रमण फैलिएको खबर प्रकाशमा आइरहेको थियो। अनुमान छ, गाउँको ह्याचरीबाट ठूलो संख्यामा कुखुराहरूको मल जमा भइरहेको छ। त्यहाँ मुसाहरू आउने-जाने क्रम बढ़िरहेको छ। यहीँबाट यस रोगको शुरूआत भएको हो। यस रोगबाट प्रभावित हरेक व्यक्तिलाई ज्वरो आउने अनि सहन गर्न नसक्ने गरी खुट्टा दुख्ने आदि समस्या हुन्छ। तथापि यो रोगलाई आम रूपमा बुझ्न सकिँदैन। रगत परीक्षणबाट मात्र यसको पत्तो लाग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande