सोरेङमा अन्तर-जिल्ला हाफ म्याराथन आयोजित
सोरेङमा अन्तर-जिल्ला हाफ म्याराथन आयोजित


सोरेङ, 14 अगस्त (हि.स.)। सोरेङ जिल्लास्तरीय स्वतन्त्रता दिवस समारोह समितिले आज सोरेङमा नशा मुक्त भारत अभियान अन्तर्गत अन्तर-जिल्ला हाफ म्याराथन आयोजन गऱ्यो। म्याराथनलाई सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले सोमबारिया खेलमैदानबाट झण्डा हल्लाएर शुरुवात गरे। यस अवसरमा सीबीएसका अध्यक्ष डीबी गुरुङ, क्षेत्र विधायकका ओएसडी राजेन बस्नेत, पूर्व अन्तरराष्ट्रिय फुटबल खेलाडी सञ्जु प्रधान आदि उपस्थित थिए।

हाफ म्याराथन सोरेङको जौटार स्टेडियममा समापन भएको थियो। प्रतियोगिता अन्तर्गत पुरुष वर्गमा 35 जना र महिला वर्गमा 27 जना सहभागी बनेका थिए। पुरुष वर्गमा अञ्चल राई, इमानुएल रसाइली र सुमन सुब्बा क्रमश: प्रथम, दोस्रो र तेस्रो भए। यसरी नै महिला वर्गमा याङरेप लेप्चा, कञ्चन छेत्री र सृजना लिम्बू क्रमश: प्रथम, दोस्रो र तेस्रो भए।

सबै विजेता र प्रतिभागीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। यस अतिरिक्त, दुवै वर्गका टप 10 प्रतिभागीहरूलाई आयोजक समितिको तर्फबाट सान्तवना पुरस्कार प्रदान गरियो। म्याराथनको उद्देश्य नाशा मुक्त भारत अभियान अनुरूप फिटनेस, सामुदायिक सहभागिता र लागूपदार्थमुक्त समाजको बारेमा जागरूकता प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande