तरुणराम फूकन पार्कमा भाजपाको भरलुमुख मण्डलद्वारा शहीदहरूप्रति श्रद्धाञ्जली
तरुणराम फूकन पार्कमा भाजपाको भरलुमुख मण्डलद्वारा शहीदहरूप्रति श्रद्धाञ्जली


गुवाहाटी, 14 अगस्त (हि.स.)। भारतवर्षको 79औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा स्वतन्त्रता सेनानीहरूलाई स्मरण गर्दै गुवाहाटीको भरलुमुखस्थित तरूणराम फूकन पार्कको शहीद पार्कमा भारतीय जनता पार्टी (भाजपा), भरलुमुख मण्डलद्वारा बिहीवार स्वच्छता अभियान संचालन गरियो। स्वच्छता अभियान पश्चात शहीदको प्रतिमामा पुष्पाञ्जली अर्पण गरियो। यस अभियानको नेतृत्व असम खाद्य एवं नागरिक आपूर्ति निगमका उपाध्यक्ष देबान ध्रुव ज्योति मोरलले गर्का थिए। कार्यक्रममा भरलुमुख मण्डलका अन्य पदाधिकारी एवं भाजपाका समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande