कोलकाता, 15 अगस्त (हि. स.)। स्वतन्त्रता दिवसमा आयोजित रेड रोड परेड अवधि 35 जना विद्यार्थीहरू बिमार भए। उनीहरूलाई एसएसकेएम अस्पतालमा लगियो। मुख्यमन्त्री ममता ब्यनर्जी स्वयं बिमार विद्यार्थीहरूलाई हेर्न अस्पताल पुगिन्। उनले चिकित्सकहरूसित बातचित गरिन्।
प्राप्त जानकारी अनुसार पछिल्लो वर्षहरू सरह यस वर्ष पनि रेड रोडमा रंगारंग परेडको आयोजना गरिएको थियो। मुख्यमन्त्रीको गार्ड अफ अनर समारोहलाई हेर्नको लागि विभिन्न स्कूलका विद्यार्थीहरू उपस्थित थिए। समारोह अवधि 35 जना छात्रहरू अचानक बिमार भए जसलाई एसएसकेएम अस्पतालमा लगियो। मुख्यमन्त्री पनि उनीहरूलाई हेर्न अस्पतालमा गइन्।
चिकित्सकहरूले चर्को घामको कारणले छात्रहरू बिमार भएको आशंका व्यक्त गरेका छन्। सूत्र अनुसार उनीहरूको अवस्था स्थिर छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा