कोकराझार (असम), 15 अगस्त (हि.स.)। कोकराझार जिल्ला प्रशासनद्वारा 79औं स्वतन्त्रता दिवस कोकराझार शहरको एचएस र एमई स्कूलको खेल मैदानमा पूर्ण उत्साहको साथमा मनाइयो। यस कार्यक्रममा मुख्य अतितिका रूपमा बीटीसीका मुख्य कार्यकारी पार्षद प्रमोद बोड़ोले तिरंगा झण्डा फहराए। त्यसपछि उनले पुलिस, सेना, एनसीसी, स्कूलका विद्यार्थीहरूद्वारा आयोजित परेडको सलामी लिए। यस अवसरमा विधायक लरेन्स इस्लारी, जिल्ला आयुक्त, पुलिस अधीक्षक आदि उपस्थित थिए।
यस अवसरमा प्रमोद बोडोले देशको 79औं स्वतन्त्रता दिवसमा सम्पूर्ण देशवासीहरूलाई बधाई दिँदै एकता तथा एकजुटतालाई कायम राख्दै भारतलाई सशक्त देशको रूपमा अगाड़ि बढ़ाउनमा योगदान दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए।
बोडोले मीडियासित बातचित गर्दै भने, बोड़ोल्याण्ड सरकारले अहिलेसम्ममा विभिन्न योजनाहरूको घोषणा गरिसकेको छ जसमा बोड़ोल्याण्ड हाउस होल्ड योजना दश वर्षसम्म चल्नेछ जसबाट बोड़ोल्याण्डमा एकजना पनि गरीब मानिस नरहोस्। दोस्रो सामाजिक सुरक्षा योजना जसबाट गरीबहरूलाई सहायता गर्न सकियोस्। तेस्रो, चाइल्ड फ्रेण्डली योजना जसबाट बाल श्रमिक र बाल ट्राफिकिंगलाई बन्द गर्न सकियोस्। चौथो महिला सशक्तिकरण, कम्युनिटी वेलफेयर जसबाट सबै समुदालाई भूमि, समाजिक औ आर्थिक रूपमा सुदृढ़ बनाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा