तीव्र विकासको सूचीमा असम तेस्रो स्थानमाः मुख्यमन्त्री
तीव्र विकासको सूचीमा असम तेस्रो स्थानमाः मुख्यमन्त्री


- सीएम डा. हिमन्त बिस्व सरमाले खानापाड़ामा स्वतन्त्रता दिवसको केन्द्रिय कार्यक्रमलाई गरे सम्बोधन

गुवाहाटी, 15 अगस्त (हि.स.)। देशभरि नै 79औं स्वतन्त्रता दिवस मनाइँदैछ। यसै क्रममा राजधानी गुवाहाटीको खानापाड़ास्थित पशु चिकित्सा महाविद्यालयको खेल मैदानमा राज्यस्तरीय केन्द्रिय रूपमा स्वतन्त्र दिवसको आयोजन गरियो। अर्कोतिर असमको प्रत्येक जिल्ला मुख्यालयमा स्वतन्त्रता दिवसका कार्यक्रमहरू आयोजना गरियो। खानपाड़ाको खेल मैदानमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राष्ट्रिय झण्डा उत्तोलन गरे। त्यसपछि मुख्यमन्त्रीले राज्यवासीहरूलाई सम्बोधन गरे।

आरम्भमा प्रत्येक स्वतन्त्रता सेनानीहरूलाई स्मरण गर्दै मुख्यमन्त्रीले भने, गोपीनाथ बोरदोलोई, विष्णुराम मेधिको पदचिन्हमा मैले मुख्यमन्त्री बन्ने अवसर पाएँ। असमवासीहरूलाई दिइएको प्रतिज्ञाको सफलता आज वास्तविकताको दिशामा छ। असममा हामी शान्तिको परेवा उड़ाउँछौ। साढ़े चार वर्षको विकासमा मलाई गर्व अनुभव भइरहेको छ। ब्रह्मपुत्र नदीमा पुलहरूको निर्माण, सेमिकण्डक्टर परियोजना, गुवाहाटीको रिंग रोड अब खोलिने दिशामा छ। नामरूपको खाद कारखाना, रेल मार्ग अब विद्युतीकरण भएको छ, गुवाहाटीको अत्याधुनिक हवाईअड्डा खोलिन लागेको छ। पछिल्लो 4.5 वर्षभित्रमा हरेक दिन असममा 14 किलोमीटर मार्ग निर्माण भएको छ।

मुख्यमन्त्रीले स्वदेशीको उल्लेख गर्द भने, भोकल फर लोकल तथा लोकल फर ग्लोबलको सपनालाई साकार पार्नुपर्छ। उनले स्थानीय उत्पादहरूलाई आत्मसात गर्ने आह्वान गरे।

मुख्यमन्त्रीले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिँदै भने, द्रूत गतिमा विकास भएको मामिलामा भारतमा असम तेस्रो स्थानमा छ। असममा अब उग्रवाद समाप्त भएको छ। राज्यमा महिलाहरूविरूद्ध हुने अपराध अब कम भएको छ। आगामी वर्ष 2026 भित्रमा हामी असममा बाल विवाहलाई रोक्न सफल हुनेछौं। असम अब आन्दोलनमुक्त भएको छ। असमका युवा-युवतीहरूले नयाँ सपना देखेका छन्। नियुक्तिहरूको मामिलामा हामी माइल खुट्टी स्थापना गर्न सक्षम भएका छौं। कंग्रेसको शासनमा भ्रष्टाचार भयो, युवाहरूको सपनालाई ध्वस्त बनाइयो। वर्तमान सरकारले 1 लाख 51 हजारभन्दा अधिक नियुक्ति दिएको छ। आगामी अक्टोबर महिनामा सरकारले केही हजार पदमा नियुक्ति दिने भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande