गुवाहाटी, 15 अगस्त (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) गुवाहाटी फ्रण्टियरले शुक्रवार 79औं स्वतन्त्रता दिवस बड़ो उत्साह एवं हर्षोल्लासपूर्वक मनायो। यो समारोह फ्रण्टिर मुख्यालय पटगाउँ सहित सेक्टर मुख्यालय, वाहिनी तथा भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा अवस्थित चौकीहरूमा पनि पालन गरियो।
राज गुवाहाटी फ्रण्टियरका महानिरीक्षक सुखदेवले यस अवसरमा राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवधि फ्रण्टियर मुख्यालय गुवाहाटी, प्रथम वाहिनी राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) एवं कम्पोजिट अस्पताल पटगाउँका अधिकारी, अधिनस्थ अधिकारी एवं सीमा प्रहरी उपस्थित थिए।
सुखदेवले आफ्नो सम्बोधनमा राष्ट्रको स्वतन्त्रता सेनानीहरूद्वारा दिइएको सर्वोच्च बलिदानलाई स्मरण गरे, राष्ट्रको सम्प्रभुता एवं क्षेत्रीय अखण्डताको रक्षाको महत्वलाई रेखांकित गरे अनि जवानहरूसित आफ्नो कर्तव्य निर्हवनमा पूर्ण निष्ठाले कार्य गर्ने आह्वान गरे।उनले देशको लोकतान्त्रिक मूल्य एवं “विविधतामा एकता”- को भावनालाई कायम राख्नेमाथि बल दिए।
उनले देशका सीमाहरूको रक्षा गर्नमा सीमा प्रहरीहरूको अथक प्रयासहरूको सराहना गरे अनि सीमा सुरक्षा बलको आदर्श वाक्य “जीवन पर्यन्त कर्तव्य” -लाई निर्वाह गर्ने प्रतिबद्धताको प्रशंसा गरे। उनले गुवाहाटी फ्रण्टियरका ती कर्मीहरूलाई बधाई दिए जसलाई उत्कृष्ट सेवा औ समर्पणको लागि प्रतिष्ठित “पुलिस पदक”-द्वारा सम्मानित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा