कोलकाता, 15 अगस्त (हि.स.)। कोलकातामा स्वतन्त्रता दिवसको अवसरमा ठूलो दुर्घटना भएको थाहा लागेको छ। पार्क स्ट्रीट र धर्मतला मेट्रो स्टेशनबीच सुरूङ्ग (टनल)-भित्र शुक्रवार भोर बिहान एकजना अज्ञात युवकको शव भेटियो।घटनापछि मेट्रो सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
पुलिस अनुसार गए बिहीवार अबेर राती लगभग 2:15 बजे आरपीएफ हेल्पलाइनबाट न्यू मार्केट थानालाई सूचना दिइयो, पार्क स्ट्रीट स्टेशनदेखि 112 मीटर टाड़ा, एस्प्लानेड तर्फ जाने सुरूङ्गमा एकजना युवकको शव लड़िरहेको छ। युवकको उमेर लगभग 25-30 वर्ष रहेको छ। युवकको दाहिने नाड़ीमा जलेको निशान छ। घटनास्थलमा पुगेको आरपीएफले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतकको पहिचान खोलाउन कोलकाताका सबै थाना थानाहरूमा तस्वीर पठाइसकिएको छ। पुलिसले मामिलामा अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै शहरमा हाई अलर्ट थियो। तथापि युवक सुरूङ्गसम्म कसरी पुग्यो, सबैभन्दा ठूलो प्रश्न उठेको छ। मेट्रो स्टेशनहरूमा कड़ा सुरक्षा तथा सीसीटीभी निगरानी हुँदाहुँदै पनि सुरूङ्गमा युवक गएको घटनाले सुरक्षा व्यवस्थाको पोल खोलिदिएको छ। पुलिसले सबै सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ताकि यो पत्तो लगाउन सकियोस् कि युवक कहिले र कसरी सुरूङ्गभित्र पस्यो।
यस सम्बन्धमा मेट्रोका प्रवक्ता रूपक मित्रले बताए, घटनाको जाँच गरिरहेको छ साथै सीसीटीभी फुटेजको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा