स्वतन्त्रता दिवसमा रेड रोडमा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् झण्डोत्तोलन, पुलिस अधिकारीहरूलाई गरियो सम्मानित
स्वतन्त्रता दिवसमा रेड रोडमा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् झण्डोत्तोलन, पुलिस अधिकारीहरूलाई गरियो सम्मानित


कोलकाता, 15 अगस्त (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले 79औं स्वतन्त्रता दिवसको अवसरमा कोलकाताको रेड रोडमा राष्ट्रिय झण्डा फहराइन्। समारोहमा नेताजी सुभाषचन्द्र बोसको प्रतिमामा माल्यार्पण, गार्ड अफ अनर तथा पुलिस अधिकारीहरूलाई सम्मानित गरिएपछि भव्य रूपमा परेड आयोजना गरियो।

मुख्यमन्त्रीले कार्यमा उत्कृष्ट योगदान दिने छह जना पुलिस अधिकारीहरूलाई ‘चीफ मिनिस्टर पुलिस मेडल’-ले सम्मानित गरिन्। ‘आउटस्ट्याण्डिंग सर्भिस’ श्रेणीमा यो सम्मान मालदा रेञ्जका आईजी दीप नारायण गोस्वामी, गोरव शर्मा, मिराज खालिद तथा देवस्मिता दासलाई प्राप्त भयो भने ‘कमेण्डेबल सर्भिस’ श्रेणीमा झाड़ग्रामका पुलिस अधीक्षक अरिजीत सिन्हा र बाँकुड़ाका एसआई ईश्वर सोरेनलाई सम्मानित गरियो।

कार्यक्रममा परेडपछि राज्य सरकारका विभिन्न विभागहरूको झाँकी निकालियो। पर्यटन विभागको दुर्गा थीम भएको झाँकी सबैभन्दा अगाड़ि रह्यो भने सूचना एवं प्रसारण विभागको ‘एकताई सम्प्रीति’ झाँकीमा विभिन्न धर्मका मानिसहरूलाई एकजुट भएको देखियो।

कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा लिखित तथा संगीतबद्ध गीतहरूको धुन पनि सुनियो। कन्याश्री योजनाको सफलतामाथि आधारित ‘नारीशक्ति’ -को प्रदर्शन अवधि उनकै गीत बज्यो भने श्रम विभागको पदयात्रा तथा युवा एवं क्रीड़ा विभागको झाँकीमा ‘खेला हुनेछ’ गीत गुञ्जियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande