मुख्यमन्त्रीले दिए स्वतन्त्रता दिवसको शुभकामना, असमका उपलब्धिहरू बताए
मुख्यमन्त्रीले दिए स्वतन्त्रता दिवसको शुभकामना, असमका उपलब्धिहरू बताए


गुवाहाटी, 15 अगस्त (हि.स.)। असमक मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज स्वतन्त्रता दिवसको प्रत्येक भारतवासीलाई शुभकामना प्रेषित गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट साझा गरेका पोस्टमा भनेका छन्, प्रत्येक भारतवासीलाई स्वतन्त्रता दिवसको शुभकामना प्रेषित गर्दछु। आजको यस महान एवं पावन अवसरमा देशको स्वतन्त्रताको लागि आफ्नो सर्बस्व न्यौछावर गर्ने पुण्यश्लोकहरूको महान बलिदानलाई नमन।

मुख्यमन्त्रीले आफ्नो पोसटमा असमका उपलब्धिहरूको उल्लेख गर्दै भनेका छन्, चिया बगानहरूमा आदर्श उच्च विद्यालय, गुवाहाटीमा एम्स, वर्ष 2022 पछि गैंडाहरूको हत्या शून्य, मेघालय र अरुणाचल प्रदेशसित सीमा विवादको समाधान, बिहु एवं वृहत झुमर प्रदर्शनको गिनिज बुक अफ रेकर्डमा नाम दर्ता, भारतको पहिलो शुद्ध हरित हाइड्रोजन प्लान्ट जोरहाटमा, भारतमा पहिलो रिभर नाइट नेभिगेशन एप, आईआईएम गुवाहाटीमा अनुमोदन, बीटीआरमा पहिलो चिकित्सा महाविद्यालय, विश्वमा सबैभन्दा लामो यात्रा भएको रिभर क्रूज डिब्रुगढ़मा, शोधनागारमा भरतको पहिलो व्यक्तिगत 5जी केपाटी नेटवर्क, कपिली नदीमा कार्गोको रिभाइभल, उल्फासित शान्ति समझौता, हिंसा, प्रतिवाद बन्द, व्यक्तिगत क्षेत्रमा सर्वाधिक निवेश (टाटा सेमिकण्डक्टर) आदि सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande