मुख्यमन्त्रीले 2004-मा भएको उग्रवादी हमलालाई स्मरण गरे
मुख्यमन्त्रीले 2004-मा भएको उग्रवादी हमलालाई स्मरण गरे


गुवाहाटी, 15 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आजकै दिन वर्ष 2004-मा भएको उग्रवादी हमलालाई स्मरण गर्दै सोशल मीडियामा एउटा पोस्ट गरेका छन्।

मुख्यमन्त्रीले भनेका छन्, वर्ष 2004-मा आजकै दिन धेमाजीमा उग्रवादीहरूको कुकर्मको कारणले केही छात्रहरू मारिएका थिए। स्वतन्त्रताको पावन अवसरमा आतंकवादको शिकार भएका अबोध दिवंगत आत्महरूलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु।

उल्लेखनीय छ, धेमाजी जिल्लामा आयोजित स्वतन्त्रता दिवस समारोह स्थलमा उल्फा उग्रवादीहरूले बम विस्फोट गरेका थिए जसमा 13 जना अबोध छात्रहरूको मृत्यु भएको थियो। यस घटनाले सम्पूर्ण असमलाई झक्झकाइदिएको थियो।उल्फाले यस घटनाको जिम्मेवारी लिएको थियो। तथापि पछि यस घटनाको लागि उल्फाले एक प्रकारले माफी पनि मागेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande