प्रेम प्रस्ताव ठोकराउँदा सिभिक पुलिसले युवतीमाथि गऱ्यो धारिलो हतियारले प्रहार, आफूले पनि विष सेवन गऱ्यो
प्रेम प्रस्ताव ठोकराउँदा सिभिक पुलिसले युवतीमाथि गऱ्यो धारिलो हतियारले प्रहार, आफूले पनि विष सेवन गऱ्यो


दक्षिण 24 परगना, 15 अगस्त (हि. स.)। जिल्लाको बासन्ती थाना अन्तर्गत अमझाड़ा मोड़ क्षेत्रमा शुक्रवार बिहान एकजना सिभिक भोलन्टियरले प्रेम प्रस्तावलाई ठोकराउँदा एकजना युवतीमाथि धारिलो हतियारले प्रहार गऱ्यो। त्यसपछि आफूले विष सेवन गरेर आत्महत्या गर्ने चेष्टा गऱ्यो। दुवैलाई अस्पातलमा भर्ती गरिएको छ।

प्राप्त जानकारी अनुसार बासन्ती थानामा तैनाथ सिभिक भोलन्टियर विश्वजीत खाँले गाउँकै सुस्मिता मण्डल नामक एकजना युवतीलाई विहेको प्रस्ताव राखेको थियो जसलाई सुस्मिताले ठोकराइदिई। यसै कुराबाट रूष्ट भएर आरोपीले धारिलो हतियारले सुस्मितामाथि प्रहार गऱ्यो। त्यसपछि विश्वजीतले विष सेवन गरेर आत्महत्या गर्ने चेष्टा गऱ्यो।घटनापछि तुरून्त दुवैलाई गम्भीर अवस्थामा क्यानिंग महकुमा अस्पतालमा लगियो जहाँबाट दुवैलाई फेरि कोलकाताको चित्तरनञ्जन मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।

स्थानीय मानिसहरूको भनाइ छ, विश्वजीतले लामो समयदेखिकै सुस्मितामाथि नजर राखिरहेको थियो, तर उसले विश्वजीतको प्रस्तावलाई स्वीकार गरिन। परिवार अनुसार सुस्मिता बेंगलुरुबाट नर्सिंगको पढ़ाई सिद्ध्याएर फर्किएकी थिई, बाटोमै आरोपीले उमाथि हमला गऱ्यो।

सुस्मितालाई बचाउन गएको उसको भाइ पनि घाइते भयो। उसलाई पनि गम्भीर चोट लागेको कारणले उसलाई पनि चित्तरञ्जन मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारणले क्षेत्रमा तनाउ फैलिएको छ। बासन्ती थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande