कोलकाता, 15 अगस्त (हि.स.)। भारतको 79औं स्वतन्त्रता दिवसको अवसरमा प्रेस इन्फर्मेशन ब्यूरो (पीआईबी) कोलकातामा गरिमामय औ उत्साहपूर्ण वातावरणमा ध्वजारोहण समारोह आयोजना गरियो। यस अवसरमा सहायक निदेशक श्रीजथा साहा साहू (आईआईएस)-ले तिरंगा फहराए। उनीसित मीडिया एण्ड कम्युनिकेशन अफिसर सिकन्दर अन्सारी (आईआईएस) सहित अन्य अधिकारी औ कर्मचारीगण उपस्थित थिए। सबैले मिलेर राष्ट्रगान गाएर स्वतन्त्रताको गौरवलाई सलामी दिए अनि देशप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याए।
पीआईबीको स्थापना वर्ष 1945-मा भएको थियो। यसले आफ्नो स्थापना कालदेखि नै लगातार सरकारको नीति, कार्यक्रम एवं पहलहरूको प्रमाणिक जानकारी जनता तथा मीडियासम्म पुऱ्याउने काम गर्दै आइरहेको छ। यस वर्ष ‘नयाँ भारत’ थीमको साथमा मनाइएको स्वतन्त्रता दिवस समारोहले पीआईबी कोलकाताको त्यस अटुट प्रतिबद्धतालाई दर्शाउँछ जुन हाम्रो गणराज्यको मूल भावना-स्वतन्त्रता, एकता अनि प्रगतिको गहिरो सम्मानमाथि आधारित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा