पुरूलिया, 15 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा एकातिर सारा देशले स्वाधीनताको उत्साह बनाइरहेको थियो भने अर्कोतिर पुरूलियामा जिल्लाका उद्योगपति दिनेश अग्रवालले जिल्ला दण्डाधिकारी (डीएम) कार्यालय परिसरमा आत्महत्या गर्ने प्रयास गरे।
प्राप्त जानकारी अनुसार बिहान स्वतन्त्रता दिवसको सरकारी समारोह अवधि दिनेश अग्रवाल अचानक डीएम कार्यालयमा पुगे अनि ब्लेडले आफ्नो शरीरलाई काटेर घाइते बनाए। यस घटनाको कारणले परिसरमा कोकोहोलो मच्चियो। घटनास्थलमा उपस्थित पुलिसकर्मीहरूले तुरून्त उनलाई नियन्त्रणमा लिएर अस्पतालमा पुऱ्याए। उपचारपछि पनि उनी रगताम्मे अवस्थामा फेरि डीएम कार्यालयमा पुगे अनि न्यायको माग गरे।
दिनेश अग्रवालको आरोप छ, जिल्ला भू एवं भूमि सुधार विभागको भ्रष्टाचारको कारणले उनको जमीनलाई अवैध रूपमा ‘भेस्टेड ल्याण्ड’- को रूपमा दर्ता गरिएको छ। यस मामिलामा उनले कैयौं पटक डीएम कार्यालयसित सम्पर्क गर्ने प्रयास गरे, तर सुनवाई भएन। उनको भनाइ छ, बाध्य भएर उनले स्वतन्त्रता दिवसको दिन रगत बगाएर आफ्नो विरोध दर्ता गराएका हुन्।
हालैमा जिल्लामा आदिवासी विकास विभागद्वारा अनुमति बिनै ओरांग जनजातिको लगभग 90 डेसिमल जमीन एकजना प्रमोटरलाई दिइएको मामिला सामु आएको थियो जसमा भू-विभागका केही कर्मचारीहरूको संलिप्तता पाइएको छ। यस मामिलामा दुईजनालाई पक्राउ पनि गरिएको थियो तथापि यहाँ मुख्यमन्त्रीको स्पष्ट निर्देशको पालन भएको देखिएको छैन। पुलिसले मामिलाको जाँच शुरू गरेको छ अनि डीएम कार्यालयको सुरक्षालाई अझ कड़ा बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा