औरैयाः भगवान कृष्णको ससुराली, उपेक्षाको शिकार पौराणिक धरोहर
औरैयाः भगवान कृष्णको ससुराली, उपेक्षाको शिकार पौराणिक धरोहर


औरैया, 15 अगस्त (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत कुदरकोट प्राचीन कुण्डिनपुर धार्मिक एवं ऐतिहासिक महत्वको धनी स्थल हुँदाहुँदै पनि आज आफ्नो पहिचान अनि विकासदेखि वञ्चित रहिआएको छ। मान्यता छ, यही त्यो स्थान हो जहाँ भगवान श्रीकृष्णले रूक्मणिलाई हरण गरी द्वारका लगी विवाह गरेका थिए। भागवत पुराण अनुसार पाण्डु नदी तरेर श्रीकृष्णले रुक्मणिलाई शिशुपालसित विवाह गर्न अगाड़ि यहाँबाट लिएर गएका थिए।

भनिन्छ, रुक्मणि हरणपछि गौरी माता मन्दिरदेखि देवी गौरी अदृश्य भइन् अनि उनको स्मृतिमा अलोपा देवी मन्दिर स्थापना गरियो। मन्दिर छेउमा द्वापर युगीन शिवलिंग पनि छ जसलाई राजा भीष्मकले स्थापना गरेका थिए। राजा भीष्मककी पुत्री रुक्मणि औ पाँच जना पुत्र थिए जसमध्ये रुक्मी शिशुपालका मित्र थिए, त्यसेलै तिनी आफ्नी बहिनीको विवाह उसैसित गर्न चाहन्थे। रूक्मणिले कृष्णलाई सन्देश पठाइन् अनि उनले स्वीकार गरे।

मुगल शासनकालमा कुण्डिनपुरको नाम परिवर्तन गरेर कुदरकोद बनाएको थियो भने यसको ऐतिहासिक पहिचानलाई मेटाउने चेष्टा गरिएको थियो। यहाँ राजा भीष्मकको 50 एकड़मा फैलिएको महलको अवशेष अहिले पनि छ। स्थानीय मानिसहरू भन्छन्, अहिले माध्यमिक विद्यालय भएको ठाउँमा एक समयमा रूक्मणि खेल्ने गर्दथिन्।

मन्दिरका पुजारी सुभाष चौरसियाले बताए, अलोपा देवी मन्दिर धरतीदेखि 60 मीटर उच्चतामा अवस्थित छ। यहाँ चैत्र र आषाढ़ नवरात्रमा मेला, रामलीला अनि दशैको आयोजन हुन्छ। फाल्गुनी औंसीमा कोसी परिक्रमा पनि हुन्छ।

स्थानीय मानिसहरूको भनाइ छ, पुरातत्व विभागको अदेखा र प्रचारको अभावमा कुदरकोटले मथुरा-वृन्दावन जस्तो पहिचान पाउन सकेको छैन। पछिल्लो वर्ष खेरेदेखि माथि एउटा घरमा सुरूङ्ग भेटिएको थियो जसको आजसम्म रहस्य उजागार हुन सकेको छैन। श्रद्धालु अनि इतिहासप्रेमीहरूले यस धरोहरलाई संरक्षित गरेर यसलाई विश्व पटलमा पहिचान दिलाउने माग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande