सिलगढ़ी, 15 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसमा सीमा सुरक्षा बल (बीएसएफ)-ले भारत-बंगलादेश बोर्डर फुलबाड़ी सीमामा राष्ट्रिय झण्डा फहरायो। शुक्रवार बिहान उत्तर बंगाल फ्रण्टियरका डीआईजी पीके सिंहले फुलबाड़ी सीमामा राष्ट्रिय झण्डा उत्तोलन गरे। यस समारोहमा बीएसएफका अन्य अधिकारी एवं जवानहरू उपस्थित थिए।
यस अतिरिक्त बंगलादेशको बोर्डर गार्ड बंगलादेश
(बीजीबी)-सित मिठाईहरू आदान-प्रदान गरियो। बीएसएफले मिठाई भेंट गरी दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने सन्देश दियो। यस अवसरमा शहीद परिवारका सदस्यहरूलाई विशेष रूपमा सम्मानित गरियो। यस अवधि ब्रास ब्याण्डद्वारा गरिएको देशभक्ति गीतहरूको प्रस्तुतिले स्वतन्त्रता दिवसको उत्साह बढ़ायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा