मुम्बई, 15 अगस्त (हि.स.)। मुम्बईमा रेलवेलाई बमले उड़ाउने धम्कीपछि स्वतन्त्रता दिवसमा शान्तिपूर्ण समारोहलाई सुनिश्चित गर्न तथा कानून व्यवस्थालाई कायम राख्नको लागि मुम्बईमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो। रेलवेमा बम विस्फोट गराउने धम्कीलाई लिएर अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरिँदैछ।
मुम्बई पुलिसका एक जना अधिकारीले शुक्रवार बताए, बिहीवार राति अज्ञात व्यक्तिले मुम्बई कन्ट्रोल रूममा फोन कल गरेर स्वतन्त्रता दिवासको अवसरमा रेलवेमा बम विस्फोट गराउने धम्की दिएको थियो। त्यसपछि अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरी धम्की दिने व्यक्तिलाई खोजिरहेको छ। यस धम्कीलाई ध्यानमा राखेर शहरका विभिन्न भागहरूमा विशेष एकाईका अधिकारी तथा सदस्यहरू सहित 14,000 भन्दा अधिक पुलिसकर्मी लाई तैनाथ गरिएको छ जसमा 6 अतिरिक्त पुलिस आयुक्त, 17 पुलिस उपायुक्त, 39 सहायक पुलिस आयुक्त, 2,529 अधिकारी औ 11,682 कन्स्टेबल सामेल छन्।
पुलिस अधिकारीले बताए, तैनाथ फोर्सहरूमा वन, एसआरपीएफ प्लाटुन, त्वरित प्रतिक्रिया दल, दंगा नियन्त्रण दल, डेल्टा र लड़ाकु दल साथै होमगार्डका जवानहरू सामेल छन् जसलाई मुम्बईका प्रमुख स्थानहरूमा रणनीतिक रूपमा तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा