श्रीनगर, 15 अगस्त (हि.स.)। नेशनल कन्फ्रेन्सका अध्यक्ष फारूक अब्दुल्लाले शुक्रवार भने, जम्मू-कश्मीरको राज्यको दर्जा बहाल गर्नको लागि मुख्यमन्त्री उमर अब्दुल्लाद्वारा घोषित हस्ताक्षर अभियानलाई व्यापक रूपमा संचालन गरिनेछ।
फारूकले यहाँको बख्शी स्टेडियममा स्वतंत्रता दिवस समारोहमा भाग लिएपछि सम्वाददाताहरू समक्ष भने, यो अभियान संंचालन गरिनेछ अनि यो अभयान व्यापक रूपमा हुनेछ। उनले सुप्रीम कोर्टको त्यो टिप्पणीको जवाफमा मुख्यमन्त्रीद्वारा घोषित हस्ताक्षर अभियानको बारेमा सोधिएको प्रश्नको जवाफ दिरहेका थिए जसमा भनिएको थियो, जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल गर्ने फसेला गर्दा पहलगाम आतंकवादी हमलालाई पनि ध्यानमा राखिनुपर्छ।
भारतका मुख्य न्यायाधीश बी आर गवईको अगुवाईमा रहेको सुप्रीमम कोर्टको पीठले भनेको छ, राज्यको दर्जा बहाल गर्नपूर्व क्षेत्रको धरातलीय स्थिति मूल्यांकन गर्नुपर्छ साथै यसमाथि पनि बल दिइयो, पहलगाम जस्ता घटनाहरूलाई बेवास्ता गर्न सकिँदैन।
उमर अब्दुल्लाले अझ भने, सुप्रीम कोर्टले केन्द्रलाई याचिकामाथि जवाफ दिनको लागि दिइएको आठ हप्ताको समयमा जम्मू-कश्मीरको राज्यको दर्जा बहाल गर्ने मागमाथि बल दिनको लागि एक व्यापक हस्ताक्षर अभियान शुरू गरिनेछ।
मुख्यमन्त्रीले श्रीनगरको बख्शी स्टेडियममा स्वतन्त्रता दिवसको अवसरमा आफ्नो भाषणमा भने, आजदेखि हामी यी आठ हप्ताको प्रयोग राज्यको दर्जा बहाल गर्नको लागि हस्ताक्षर अभियान अन्तर्गत सबै 90 विधआनसभा क्षेत्रहरूमा घर-घरमा पुगेर गर्नेछौं। यदि मानिसहरू दस्तावेजमा हस्ताक्षर गर्न तयार भएनन् भने म हार मान्नेछु।
के मुख्यमन्त्रीको भाषण कड़ा सन्देश थियो भनी प्रश्न गर्दा नेशनल कन्फ्रेन्सका अध्यक्षले सहमति जताउँदै भने, एक स्पष्ट सन्देश पठाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा