विद्यालयको छतमा शरण लिन बाध्य छन् बाढ़ी पीड़ितहरू
विद्यालयको छतमा शरण लिन बाध्य छन् बाढ़ी पीड़ितहरू


भागलपुर, 15 अगस्त (हि.स.)। जिल्लाको नाथनगर प्रखण्डमा बाढ़ीको कहरले रोकिने नाम लिएको छैन। केही गाउँहरू पूर्ण रूपले जलमग्न भइसकेका छन्। सयकड़ौं घरहरूमा पानी पाँंच फुटभन्दा माथि पुगिसकेको छ जसले गर्दा ग्रामीणहरू उच्च स्थानहरूमा शरण लिन बाध्य भइरहेका छन्। नाथनगरको श्रीरामपुर मध्य विद्यालयमा पछिल्लो दश दिनदेखिको बाढ़ीको पानी भरिएको छ।

यो त्यै विद्यालय हो जहाँ एक समयमा विद्यार्थीहरू पढ़्ने गर्दथे। तर आज अवस्था यस्तो भएको छ जहाँ विद्यार्थीहरू आफ्नै विद्यालयको छतमा शरण लिन बाध्य भइरहेका छन्। घरमा पानी पसेको कारणले मानिसहरू अहिले खुल्ला आकाशमुनि दिन-रात बिताउन बाध्य छन्। स्थानीय मानिसहरूले प्रशासनसित यथाशीघ्र राहत अनि बचाउ कार्यलाई तीव्रता दिने माग गरिरहेका छन् ताकि बाढ़ी पीड़ितरूलाई सुरक्षित स्थान तथा आवश्क सुविधा उपलब्ध गराउन सकियोस्।

उल्लेखनीय छ, गंगामा आएको बाढ़ीपछि भागलपुरका दर्जनौं गाउँ बाढ़ीको पानीमा डुबेका छन् जसबाट मानिसहरूको समस्या बढ़िरहेको छ। गंगा संलग्न तल्लो क्षेत्रका गाउँहरूमा कम्मर-कम्मरभन्दा अधिक पानी छ जसले गर्दा मानिसहरूको दिनचर्या प्रभावित भएको छ। बिमार भएको खण्डमा रोगीहरूलाई पलंगमा बाँधेर लैजानुपर्ने अवस्था छ भने दुई छाक जुटाउनको लागि मानिसहरूलाई संघर्ष गर्न परिरहेको छ।

जिल्ला प्रशासनद्वारा कम्युनिटी किचनको व्यवस्था गरिएको भए पनि त्यसमा एक समयको भोजन मात्र पाइन्छ जसबाट मानिसहरूलाई समस्या भइरहेको छ। घरभित्र कम्मर-कम्मरसम्म पानी भरिएकोले धेरैजना मानिहरू घर छोड़ेर अन्यत्र पलायन गरिरहेका छन्। जलस्तर घट्न थाले पनि मानिसहरूलाई अब बिमारको डरले सताइरहेको छ। पछिल्लो 15 दिनभित्रमा बाल-बालिकाहरूको शिक्षा पनि प्रभावित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande