सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो


गान्तोक, 15 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज गेजिङस्थित आफ्नो जिल्ला पार्टी कार्यालयमा 79औं स्वतन्त्रता दिवस उत्साहका साथ मनायो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित पार्टी अध्यक्ष गणेश कुमार राईले गेजिङ जिल्ला अध्यक्ष ओङदिला भोटियाको उपस्थितिमा राष्ट्रिय झण्डा फहराएर।

कार्यक्रमलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले यस ऐतिहासिक दिनको महत्वलाई प्रतिबिम्बित गर्दै भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गर्ने अनगिन्ती स्वतन्त्रता सेनानीहरूको बलिदानको सम्मान गरे। उनले सिक्किमका आफ्नै नायकहरू बन्दे पोख्रेल, जर्मन लेप्चा र हेलेन लेप्चालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ब्रिटिश औपनिवेशिक शासन र अत्याचार विरुद्ध उनीहरूले दिएका योगदनमाथि प्रकाश पारे।

उनले सबै नागरिकहरूलाई स्वतन्त्रताको मूल्यलाई बुझ्न र यसलाई न्यायपूर्ण, समावेशी र प्रगतिशील समाज निर्माण गर्न निर्देशित गर्न आग्रह गरे। उनले स्वतन्त्रता केवल अधिकार मात्र होइन, तर हाम्रा पुर्खाहरूले लडेका आदर्शहरूलाई कायम राख्न सामूहिक जिम्मेवारी पनि रहेको बताए।

अध्यक्ष राईले किसानहरू, चालकहरू, पुलिस कर्मचारीहरू, कामदारहरू र सबै नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरे जसको अथक योगदानले राष्ट्रको मेरुदण्ड बनेको बताए। विशेष गरी, उनले किसानहरूलाई भारतको अर्थतन्त्रको आधारशिला बताउॅंदै बलियो र आत्मनिर्भर शक्तिको रूपमा राष्ट्रको उदयमा किसानहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande