दिल्ली-देहरादून एक्सप्रेस वे मा स्टन्ट गर्दा मोटरसाइलबीच ठक्कर, शिक्षक समेत दुईको मृत्यु
दिल्ली-देहरादून एक्सप्रेस वे मा स्टन्ट गर्दा मोटरसाइलबीच ठक्कर, शिक्षक समेत दुईको मृत्यु


गाजियाबाद, 15 अगस्त (हि.स.)। लोनी क्षेत्रमा निर्माणाधीन दिल्ली-देहरादून एक्सप्रेस वे मा दुई मोटरसाइकलबीच ठक्करमा दिल्लीको शिक्षक समेत दुई युवकको मृत्यु भयो। जबकि एक युवक गम्भीर रूपमा घाइते भयो। घाइतेलाई मेरठको अस्पतालमा भर्ती गराइएको छ।

पुलिस अनुसार, यसमध्ये एक युवकले बिहिवार अबेर राति स्टन्ट गरिरहेको थियो। उसको साथीले भीडियो बनाइरहेको थियो। उसको भीषण ठक्कर भयो। पुलिसले मृतकहरूको शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। दिल्ली-देहरादून एक्सप्रेस वे को निर्माण कार्य अन्तिम चरणमा छ र त्यहाँ अहिलेसम्म एक्सप्रेस वे मा वाहन कुदाउने आधिकारिक रूपमा अनुमति छैन। यसैले गर्दा यो दुर्घटना घट्यो।

एसीपी सिद्धार्थ गौतमले शुक्रवार बताए, दिल्ली-देहरादून एक्सप्रेस वे मा सड़क दुर्घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुग्यो। छानबीनमा थाहा लाग्यो कि रोहित नाम गरेको युवकले देहरादून एक्सप्रेस वे मा आफ्नो मोटरसाइकलमा स्टन्ट गरिरहेको थियो। उसको साथी संजय शर्माले उसको भीडियो बनाइरहेको थियो। तब अगाड़ीबाट आइरहेको तीव्र रफ्तार मोटर साइकलसित भिड़न्त भयो। रोहित र सुबोध गम्भीर रूपमा घाइते भए। अस्पताल लगेको समय दुवैको मृत्यु भयो जबकि संजय शर्मा गम्भीर रूपमा घाइते भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande