फरिदाबाद, 15 अगस्त (हि.स.)। निवेशको नाममा लाखौं रुपियाँ ठगी भएको मामिलामा साइबर थाना बल्लभगढ़ले दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिस प्रवक्ताले शुक्रवार बताए, साइबर थाना बल्लभगढ़मा गान्धी कलोनी निवासी एकजना महिलाले सिकायत गरिन्, अनलाइन रिभ्यु गरेर पैसा कमाउने सम्बन्धमा उसको टेलिग्राममा म्यासेज आयो। त्यसपछि उसलाई शेयर मार्केटमा निवेश गरेर अधिक पैसा कमाउने प्रलोभन दिइयो।
उसले पनि प्रलोभनमा आएर 40 हजार रुपियाँ ठगले बताएको ब्यांक खातामा स्थानान्तरण गरिदिई। त्यसपछि उसलाई भनियो, लाभ सहित पैसा निकाल्नको लागि पहिला 96 हजार 315 रुपियाँ खातामा स्थानान्तरण गर्नुपर्छ। यो पैसा स्थानान्तरण गरेपछि मात्र उसले लाभको पैसा निकाल्न सक्नेछ। यो पैसा स्थानान्तरण गर्दा पनि उसले पैसा निकाल्न सकिन। जसको लागि ठगहरूले थप पैसाको माग गरे। तर उसले दिन अस्वीकार गरी।
महिलाको सिकायतमा साइबर थाना बल्लभगढमा संबंधित धाराहरूमा मामिला दर्ता गरियो। साइबर थाना बल्लभगढ़ले कारबाही गर्दै सतेन्द्र (26) पुत्र राजेश निवासी गाउँ मऊ गुरुग्राम अनि गंगा सिंह (19) निवासी गाउँ ओलिया जिल्ला जोधपुर राजस्थान हाल सुखराली, गुरुग्रामलाई पक्राउ गऱ्यो। आरोपीहरूलाई अदालतमा पेश गरी दुई दिनको पुलिस रिमाण्डमा लिएर जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा