गान्तोक जिल्ला प्रशासनिक केन्द्रमा 79औं स्वतन्त्रता दिवस पालन
गान्तोक जिल्ला प्रशासनिक केन्द्रमा 79औं स्वतन्त्रता दिवस पालन


गान्तोक, 15 अगस्त (हि.स.)। गान्तोक जिल्लाको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा आज बिहान देशको 79औं स्वतन्त्रता दिवस देशभक्तिका साथ पालन गरियो। यस अवसरमा जिल्लापाल तुषार जी निखारेले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान गाइयो।

कार्यक्रममा जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू, कर्मचारीहरू आदि सहभागी बनेका थिए। केन्द्र परिसरलाई राष्ट्रिय झण्डाले सजाइएको थियो, जसले जीवन्त र उत्साहजनक वातावरण सिर्जना गरेको थियो।

जिल्लापालले स्वतन्त्रता दिवसको महत्वमाथि प्रकाश पार्दै स्वतन्त्रता सेनानीहरूले देशको स्वतन्त्रताको निम्ति दिएको योगदानको स्मरण गराए। उनले देशको प्रगति र अखण्डताको लागि सबैलाई योगदान दिन आह्वान पनि गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande