सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल
सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल


गान्तोक, 15 अगस्त (हि.स.)। देशको 79औं स्वतन्त्रता दिवसको अवसरमा राजधानीको पाल्जोर स्टेडियममा आज आयोजित फुटबल प्रतियोगिताको फाइनल म्याचमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा सहभागी बने। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।

राज्यपालले खेलमैदानमा दुवै दलका खेलाडीहरूसॅंग भेट गरे र उनीहरूसॅंग हात मिलाएर शुभकामना दिए। उनले खेलाडीहरूको उत्साहको सराहना गरे। राज्यपालले भने, 'सिक्किम फुटबल प्रेमीहरूको राज्य हो। सिक्किमका नानीहरूमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अपार सम्भावनाहरू छन्। फुटबल केवल एक खेल होइन, तर जनमानसको उर्जा र उत्साहको प्रतीक पनि हो।'

कार्यक्रममा मन्त्रीगण, विधायकगण, उच्च प्रशासनिक अधिकारीहरू, स्थानीय नागरिक र हजारौंको संख्यामा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम अवधि स्वतन्त्रता दिवसको उल्लास र देशभक्तिको जोश स्पष्टरूपमा देखिएको राजभवनले आज विज्ञप्तिमा बताएको छ।

उल्लेखनीय छ, छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको फाइनल आज कञ्चनजङ्घा एफसी सिलगढी र सिक्किम ड्र्रूागन्सबीच खेलियो। यस प्रतियोगितामा सिक्किम ड्र्यागन्सले प्रतिद्वन्दी दललाई पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande