कोकराझार (असम), 15 अगस्त (हि.स.)। एनटीपीसी बंगाईगाउँले 750 मेगावाट विद्युत स्टेशनको नेताजी सुभाष चन्द्र बोस स्टेडियममा हर घर तिरंगा-को भावनालाई प्रतिध्वनित गर्दै सारा देशसितै 79औं स्वतन्त्रता दिवसको उत्सव बड़ो धुमधामसिले मनायो।
समारोहको शुरुआत पावर स्टेशनको बिजनेस यूनिट हेड अर्नब मैत्राद्वारा राष्ट्रिय ध्वज फहराइएपछि भयो जसपश्चात केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) तथा डीजीआर सुरक्षा सेवाहरूद्वारा आयोजित परेडको निरीक्षण गरियो आफ्नो सम्बोधनमा मैत्राले एनटीपीसी बंगाईगाउँको संचालन एवं रखरखाउमा निरन्तर हासिल भइरहेको उपलब्धि अनि राज्य एवं राष्ट्रिय विद्युत मानचित्रमा यसको सकारात्मक स्थितिमाथि प्रकाश पारे।
यस कार्यक्रममा मुख्य रूपमा अंकुर टिनी टट्स, बाल भवन औ नोट्रे डेम अकादमी, एनटीपीसी बंगाईगाउँका विद्यार्थी नानीहरूद्वारा एक आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो। रंग-बिरंगी पारम्परिक तथा देशभक्तिपूर्ण परिधानहरूमा सजिएका यी बाल्य कलाकारहरूले गीत, नृत्य एवं नाटकको जीवन मिश्रण प्रस्तुत गरे जसले भारतको विविधतामा एकतालाई दर्शाउँछ। समारोहमा मैत्राद्वारा वरिष्ठ अधिकारी औ बर्दवी शिकला लेडिज़ क्लबका सदस्यहरूको साथमा स्वतन्त्रता अनि आशाको प्रतीक तीनरंगको बलुन छोड़े।
मैत्राले 45 जना कर्मचारीहरूलाई उनीहरूले सम्बन्धित क्षेत्रमा पुऱ्याएको योगदानको लागि प्रतिष्ठित एचओपी मेरिटोरियस पुरस्कार, स्वास्थ्य च्याम्पियन पुरस्कार (2024-25) प्रदान गरे। यसअघि महाप्रबन्धक (ओ एण्ड एम) अनुराग गुप्ताले कर्मचारीहरूको उपस्थितिमा सेवा भवनमा राष्ट्रिय झण्डा फहराए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा