-कुमारसभाले मनायो स्वतन्त्रता दिवस
कोलकाता, 15 अगस्त (हि. स.)। 'आज हामी स्वतन्त्रताको 79औं वर्षगाँठ मनाइरहेका छौं। यो त्यस स्वाधीनताको उत्सव हो जसलाई हाम्रा स्वतन्त्रता सेनानीहरूले लामो संघर्षपछि हासिल गरेका थिए। जीवनको धन्यता यही हो कि त्यसलाई सफल सहित सार्थक बनाऔं। हामीले उनीहरूको त्याग अनि बलिदानको सार्थक जीवनलाई याद गरी उनीहरूलाई नमन गर्दछौ हामीले संकल्प लिनुपर्छ, हामी एउटा यस्तो सशक्त तथा समृद्ध भारतको निर्माण गर्नेछौं जसको सपना हाम्रा स्वतन्त्रता सेनानीहरूले देखेका थिए।'
उपरोक्त मन्तव्य समाजसेवी महावीर बजाजले श्री बड़ाबजार कुमारसभा पुस्तकालयको तत्वावधानमा आयोजित स्वतन्त्रता महोत्सवको तिरंगा झण्डारोहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्।
यसपूर्व विवेकानन्द रोड अवस्थित नयाँ भवनको प्रांगणमा तिरंगा फहराइयो। त्यसपछि सभागारमा एक काव्य संगोष्ठी सम्पन्न गरियो जसमा बंशीधर शर्मा, रामपुकार सिंह, रामनाथ बेखबर, आलोक चौधरी, मितु कानोड़िया, रिमा पाण्डे, उषा जैनले देशभक्तिको आ-आफ्नो सशक्त रचनाहरू पाठ गरेर श्रोताहरूलाई मन्त्रमुग्ध पारे।
सभागारमा अरण प्रकाश मल्लावत, चन्द्रकुमार जैन, सीताराम तिवाड़ी, सत्यप्रकाश राय, नन्दकुमार लढा, सर्वेश्वर शर्मा, भागीरथ सारस्वत, मनीष जैन, अजय डागा, शम्भु साव, मनोज काकड़ा, सुनिल शर्मा, नरेश काकड़ा एवं अरुण सिंह उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा