धर्मशाला, 15 अगस्त (हि.स.)। पुलिस जिल्ला नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत नशा माफिया विरूद्ध कारबाहीमा एक नशा तस्करबाट 51.12 ग्राम हेरोइन जफत गरेको छ। पुलिस टीमले यो सफलता नूरपुर पुलिस थाना अन्तर्गत कन्डवाल स्थित चक्की पुलमा बिहिवार अबेर साँझ पेट्रोलिङमा हासिल भयो। पुलिसले यस मामिलामा नसीब कुमार पुत्र रूप लाल निवासी गाउँ मैहरका डाकखाना डन्नी तहसील नूरपुर जिल्ला कांगडाबाट 52.12 ग्राम हेरोइन जफत गरी उसलाई पक्राउ गरेको छ।
एसपी नूरपुर अशोक रत्नले बताए, उपरोक्त आरोपी विरूद्ध पुलिस थाना नूरपुरमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। उक्त मामिलामा आरोपीलाई पक्राउ गरी अग्रिम कारबागी गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी