पाकिम, 15 अगस्त (हि.स.)। पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा शुक्रवार बिहान देशको 79औं स्वतन्त्रता दिवस पालन गरियो। जिल्लापाल रोहन अगवानेले केन्द्र परिसरमा राष्ट्रिय ध्वज फहराए। यस अवसरमा जिल्लाकी वरिष्ठ पुलिस अधीक्षक पारू रुचाल पनि उपस्थित थिइन्। सिक्किम पुलिसका जवानहरूले गार्ड अफ् अनर दिएका थिए। समारोहमा विभिन्न विभागका प्रमुखहरू, अधिकारीहरू र पुलिस कर्मीहरू पनि सहभागी बने।
हिन्दुस्थान समाचार / बिशाल