प्रयागराज, 15 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको फाफामऊ थाना क्षेत्रमा बिहिवार राति भएको भिड़न्तमा तीन लुटेरा गोली लाग्दा घाइते भए। यिनीहरूको निशानदेहीमा थप दुई लुटेकालाई पक्राउ गरियो।
पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावत एवं अपर पुलिस उपायुक्त गंगानगर पुष्कर वर्माले बताए, गोलीले घाइते लुटेराहरूमा फाफामऊ थाना क्षेत्रको रूपापुर गाउँ निवासी फ़ैज़ पुत्र फैयाज, यसको छिमेकी अल्तमस पुत्र मोहम्मद इब्राहिम र आलीशान पुत्र मोहम्मद सलीमलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। सोधपुछमा पक्रा परेको लुटेराहरूको निशानदेहीमा रुदापुर निवासी नबी अहमद उर्फ राजा पुत्र वसीम अहमद र नदीम पुत्र अहसास अहमदलाई पुलिस टीमले पक्राउ गऱ्यो।
पुलिसले पक्रा परेका लुटेराहरूदेखि लूटको कूल 4,84,600 रूपियाँ नगदी र 3 अवैध देशी पेस्तोल, 5 कारतूस, 2 खोखा कारतूस र लूटमा प्रयोग गरिएको 2 मोटर साइकल जफत गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी