मुख्यमन्त्रीले स्वतन्त्रता सेनानीहरूको अदम्य साहस र समर्पणप्रति कृतज्ञता प्रकट गरे
ps golay


गान्तोक, 15 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका वीर स्वतन्त्रता सेनानीहरूको अदम्य साहस र समर्पणप्रति कृतज्ञता प्रकट गरेका छन्, जसको कारणले हामी यो अमूल्य स्वतन्त्रता प्राप्त सफल बनेका छौ। देशको 79औं स्वतन्त्रता दिवसको शुभ अवसरमा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले उक्त कुरा भनेका छन्।

मुख्यमन्त्री तामाङले भने, 'यस ऐतिहासिक दिवसमा हामी राष्ट्रको स्वतन्त्रता, एकता र बलिदानको अटुट भावनाको सम्मान गर्दछौँ, जसले हाम्रो महान् राष्ट्रलाई परिभाषित गर्दछ। हामी अनेकन् वीरहरूको अदम्य साहस र समर्पणप्रति कृतज्ञता प्रकट गर्दछौँ, जसको कारण हामीले यो अमूल्य स्वतन्त्रता प्राप्त सफल बन्यौँ। जस हेतु उनीहरूको बलिदानको स्मरण गर्दै न्यायपूर्ण समृद्ध भारतको दृष्टिकोणलाई कायम राख्ने प्रतिज्ञा गर्दछौँ।'

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, 'सिक्किमका गौरवशाली नागरिकका नाताले हामी विकसित सिक्किम निर्माण गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछौँ, जुन विकसित भारत २०४७ को व्यापक दृष्टिकोणको अभिन्न अङ्ग हो। हाम्रो राज्य र राष्ट्रको विकास, प्रगति तथा अवसर विस्तारका लागि निरन्तर सहयोग र मार्गदर्शन प्रदान गर्नुभएकोमा हामी सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी एवम् केन्द्र सरकारप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्दछौँ।'

उनले तिरंगा झन्डा सधैँ उच्च फहराइरहोस्, जसले हरेक नागरिकहरूको हृदयमा गौरव र आत्मविश्वासको आशा जगाओस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande