नयाँ दिल्ली, 15 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज 79औं स्वतन्त्रता दिवसको पावन अवसरमा छत्रसाल स्टेडियममा ध्वजारोहण गरिन्। यस अवधि मुख्यमन्त्रीले दिल्ली सरकारका योजनाहरू तथा कामकाजको बखान गरिन्।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा भनिन्, तिरंगा एउटा झण्डा मात्र होइन हाम्रो मान, प्रतिष्ठा एवं गर्वको प्रतीक हो, हाम्रो एकता र अडिग संकल्पको पहिचान हो। म यस तिरंगालाई नमन गर्दछु। उनले अपरेशन सिन्दूर जस्तो साहसिक अभियानलाई परिणाम दिने सबै वीरहरूलाई नमन गरिन्।
मुख्यमन्त्रीले भनिन्, माँ यमुना जुन दिल्लीको आत्मा अनि आराध्य हो, सबै दिल्लीवासीहरूको मनमा बस्छ अनि सारा देशवासीको मनमा बस्छ। उनले भनिन्, जसले माँ यमुनालाई बेवास्ता गरे, उनीहरूले दिल्लीको आत्मासित विश्वासघाट गरे। हामी भन्छौं, अब भयो। हाम्रो पहिलो संकल्प हो,माण यमुनाको स्वच्छता, माँ यमुना अविरल बग्नेछ अनि माँ यमुनाले फेरि जीवन दिनेछन्।
मुख्यमन्त्रीले भनिन्, दिल्ली हाम्रो देशको धड़कन हो। यहाँको हरेक गल्ली, हरेक चौक, हरेक भवन तथा नदी-- यी सबै दिल्लीको संघर्ष अनि साहसको साक्षी हुन्।
उनले भनिन्, पहिलो दिन नै हाम्रो सरकारले दिल्लीमा आयुष्मान भारत योजना लागू गऱ्यो अनि अहिलेसम्ममा साढ़े चार लाख मानिसहरूले यसमा पञ्जीकरण गरिसकेका छन्। वर्षौंदेखि लम्बित स्थानीय नोकरी दिँदै 15 सय नर्स तथा मेडिकल स्टाफलाई स्थायी नोकरी प्रदान गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा