नाटकबाजीबाट राज्यको दर्जा बहाल हुनेछैनः सज्जाद लोन
नाटकबाजीबाट राज्यको दर्जा बहाल हुनेछैनः सज्जाद लोन


श्रीनगर, 15 अगस्त (हि.स.)। पीपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद गनी लोनले शुक्रवार मुख्यमन्त्री उमर अब्दुल्लामाथि राज्यको दर्जा प्राप्त गर्नको लागि हस्ताक्षर अभियान संचालन गर्ने उनको घोषणालाई लिएर तीव्र प्रहार गर्दै भने, यो “नाटकबाजी” हो र यसको “कुनै कानूनी वा संवैधानिक वैधता छैन।”

एक्समा पोस्ट गरी लोनले भने, घर-घरमा पुगेर हस्ताक्षर अभियान संचालन गर्नु नाटकबाजी बाहेक अन्य केही होइन। हामीले जीवनभरिको लड़ाईँ लड़िरहेका छौं। घर-घरमा पुगेर हस्ताक्षर अभियान संचालन गर्नु नाटकबाजी हो। मलाई बताइयोस्, सुप्रीम कोर्ट बहुसंख्यकहरूको दाबीप्रति जवाफदेह छ कि कानूनप्रति? बहुसंख्यकवाद एउटा यस्तो चीज हो जसको हामी राजनेता अभ्यास गर्दछौं। सुप्रीम कोर्टले कानूनको पालन गर्छ। कृपया यस्तो कुनै प्रक्रिया शुरू नगरियोस् जसमा हामी बहुसंख्यकहरूको बलजफ्तीले सुप्रीम कोर्टलाई डर देखाएको जस्तै होस्। हस्ताक्षर अभियान वा विधानसभाको प्रस्ताव—सुप्रीम कोर्ट जानुभन्दा अधिक सम्मानजनक उपाय अन्य कुन चाहिँ छ?

लोनले भने, उनको पार्टीले राज्यको दर्जा पाउने दिशामा कुनै पनि आन्दोलनलाई समर्थन गर्नेछ। तर कृपया राज्यको दर्जाको उपहास नगरियोस्। हामी पहिलाबाटै सुप्रीम कोर्ट गइरहेका टम, डिक र ह्यारीको प्रभावसित जुझिरहेका छौं। आउनुहोस्, हामीले सुप्रीम कोर्टसित एक संवैधानिक संस्थाको रूपमा सम्पर्क गरौं, अर्को टम, डिक र ह्यारीको रूपमा होइन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande