गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किम उच्च न्यायालयमा आज 79औं स्वतन्त्रता दिवस पालन गरियो। न्यायालय परिसरमा आयोजित समारोहमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दर मुख्य अतिथि थिए।
न्यायमूर्ति सोमाद्दरले राष्ट्रिय झण्डा फहराएसॅंगै गार्ड अफ् अनर दिइयो। यस अवसरमा उपस्थित उच्च न्यायालयका अधिकारीहरू र कर्मचारीहरूले राष्ट्रिय गान गाए। समारोहमा न्यायमूर्ति मीनाक्षी मदन राई, न्यायमूर्ति भाष्करराज प्रधान, पूर्व न्यायाधीश न्यायमूर्ति एपी सुब्बा र न्यायमूर्ति सोनाम पिन्चो वाङ्गदी, रेजिस्ट्रार जेनरल, रेजिस्ट्रार जेनरल (न्यायिक सेवा) तथा अन्यहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल