सफाकदलकी एमबीबीएस छात्रा सबा रसुलको ईरानमा निधन
सफाकदलकी एमबीबीएस छात्रा सबा रसुलको ईरानमा निधन


श्रीनगर, 15 अगस्त (हि.स.)। ईरानको उर्मिया युनिभर्सिटी अफ मेडिकल साइन्सेजमा एमबीबीएसको पढ़ाई गरिरहेकी श्रीनगरको सफाकदलकी चौथो वर्षकी मेडिकल छात्रा सबा रसुलको स्वास्थ्य सम्बन्धी जटिलताहरूको कारणले निधन भयो।

जानकारी अनुसार सबाले दुई दिनपूर्व व्यथा भएको सिकायत गरेपछि स्थानीय एक अस्पतालमा भर्ती गरिएको थियो। जीवन-मृत्युबीच जुझ्दा-जुझ्दै हिजो राती लगभग 3:00 बजे उनको निधन भयो।

यसबीच परिवारले प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारको विदेश मन्त्रालयसित उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि तत्काल कश्मीर ल्यादिइने अपील गरेको छ।

सबाको परिवार तथा श्रीनगरमा उनका छिमेकीहरूले उनको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै अधिकारीहरूसित प्रत्यावर्तन प्रक्रियामा तीव्रता ल्याउने आग्रह गरिरहेका छन् ताकि स्थानीय परम्परा अनुसार गृहनगरमा उनको अन्तिम संस्कार गर्न सकियोस्।

यसबीच जम्मू-कश्मीर छात्र संघले केन्द्रिय विदेश मन्त्री डा. एस. जयशंकरलाई पत्र लेखेर श्रीनगरको सफाकदल निवासी 27 वर्षीय एमबीबीएसकी छात्रा सबा रसुलको पार्थिव शरीरलाई यथाशीघ्र स्वदेश फर्काउनको लागि तत्काल मानवीय हस्तक्षेप गर्ने अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande