गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले आज राजधानीको विकास क्षेत्रस्थित आफ्नो कार्यालय परिसरमा देशको 79औं स्वतन्त्रता दिवस मनायो। यस अवसरमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश एवं प्राधिकरणकी कार्यकारी अध्यक्ष मीनाक्षी मदन राईले राष्ट्रिय ध्वज फइराइन्। यसका साथै गार्ड अफ् अनर दिइएपछि प्राधिकरणका अधिकारीहरू र कर्मचारीहरूले राष्ट्रिय गान गाए।
यस अवसरमा सिक्किम उच्च न्यायालयका पूर्व न्यायाधीश न्यायमूर्ति एपी सुब्बा, लोकायुक्त सिक्किमका चेयरपर्सन रोजर आर राई, सिडिकोका पूर्व प्रबन्ध निदेशक, कानुन विभागका सचिव, प्राधिकरणका सदस्य सचिव, बार एसोसिएशन अफ् सिक्किमका सदस्यहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल