ऊना, 16 अगस्त (हि.स.)। अरुणाचल प्रदेशको डिब्रुगढ़मा ड्यूटी अवधि शहीद भएका ऊना जिल्लाका शहीद अरूण कुमारको निधनले उनको 7 ज्याक राइफल यूनिटमा गहिरो शोक व्याप्त भएको छ। उनको निधनमा कमाण्डिंग अफिसर कर्नल हर्षवर्धन कालिया, लेफ्टिनेन्ट कर्नल अभिषेक चंदेल ,मेजर मनिन्द्र सिंह, सूबेदार मेजर हीरा बोरा, सूबेदार मेजर जसविन्द्र सिंह सहित 7 ज्याक राइफलका सबैै जवानहरूले शोक व्यक्त गरेका छन्।
कर्नल हर्षवर्धन कालियाले भने, हवलदार अरुण कुमारको निधन अरुणाचल प्रदेशको डिब्रुगढ़मा ड्यूटी अवधि अचानक हृदयाघातको कारणले भएको थियो। 39 वर्षीय अरूणले आफू पछि माता-पिता, पत्नी, दुई छोरी तथा एकजना छोरालाई छोड़ेर गएका छन्। उनको आकस्मिक निधनले सम्पूर्ण यूनिटमा शोक व्याप्त भएको छ। अरूण कुमारको साहस, सेवा अनि राष्ट्रपति समर्पण अमर रहनेछ। हवलदार अरूण कुमारको कर्तव्यनिष्ठा तथा देशप्रति समर्पणलाई सदैव स्मरण गरिनेछ। यूनिट सदैव शोकाकुल परिवारको साथमा छ। उनले दिवंगत आत्माको चिर शान्ति तथा परिवारलाई यस अपूर्णीय क्षतिलाई सहन गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा