असमका सीएमले अटल बिहारी वाजपेयीलाई पुण्यतिथिमा दिए श्रद्धाञ्जली
असमका सीएमले अटल बिहारी वाजपेयीलाई पुण्यतिथिमा दिए श्रद्धाञ्जली


गुवाहाटी, 16 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्ण गरे।

मुख्यमन्त्री सरमाले भने, श्रद्धेय अटलजी एक जना नेता मात्र थिएनन् जबकि सबै भारतीयहरूको लागि एकजना पितातुल्य व्यक्ति थिए। उनले कठिन समयमा देशको नेतृत्व गरे अनि भारतलाई विश्व पटलमा एक सशक्त पहिचान दिलाए।

उनले स्मरण गरे, अटलजीले पोखरण परमाणु परीक्षणदेखि लिएर देशभरि नै सड़कहरूको जाल बिछ्याउन, सम्पर्क योजनालाई गति दिन तथा अन्त्योदलको भावनालाई अगाड़ि बढ़ाउनेसम्म निरन्तर जनसेवाको कार्य गरे।

सरमाले भने, “आज उनको पुण्यतिथिमा म नमन गर्दछु। अटलजीको आदर्शले हामीलाई निरन्तर प्रेरित गरिरहनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande