सिंगुरकी नर्सको शवलाई पोस्टमर्टम गर्न कल्याणी एम्समा ल्याइयो
सिंगुरकी नर्सको शवलाई पोस्टमर्टम गर्न कल्याणी एम्समा ल्याइयो


हुगली, 16 अगस्त (हि.स.)। हुगली जिल्लाको सिंगुरस्थित एक निजी अस्पतालबाट बितेका तीन दिनपूर्व उद्धार गरिएको नर्सको शवलाई शनिवार बिहान पोस्टमर्टम गर्नको लागि एम्स कल्याणीमा पठाइयो।

मृतकका माता-पिताद्वारा सरकारी मेडिकल कलेजएवंअस्पतालकोपोस्टमर्टममा भरोसा नरहेको बताइएपछि शवलाई कल्याणी एम्समा पठाइएको हो। बितेको शुक्रवार पोस्टमर्टम गर्नको लागि शवलाई कलकत्ता मेडिकल कलेज एवं अस्पतालमा लगिएको थियो।

पोस्टमर्टम कहाँ गराउने-नगराउनेलाई लिएर भाजपा र माकपा कार्यकर्ताहरूबीच झड़प पनि भएको थियो। माकपा कार्यकर्ताहरू कलकत्ता मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गराउन चाहन्थे भने भाजपा कार्यकर्ताहरू कुनै केन्द्रिय चिकित्सा संस्थानमा मृतकको पोस्टमर्टम होस् भन्ने चाहन्थे। उक्त घटनाको कारणले शवको पोस्टमर्टम पनि हुन सकेन र शवलाई अस्पतालको मुर्दा घरमा राखिएको थियो।

परिवारद्वारा यसो भनिएपछि, कुनै केन्द्रिय चिकित्सा संस्थानमा शवको पोस्टमर्टम होस्, शवलाई एम्स कल्याणीमा ल्याइयो जहाँ पूर्ण प्रक्रियाको भीडियोग्राफी गरिनेछ अनि एकजना म्याजिस्ट्रेटको उपस्थितिमा पोस्टमर्टम गराइनेछ।

मृत नर्सकीआमाले भनिन्,हामीलाईसरकारी मेडिकल कलेजएवंअस्पतालमाशव परीक्षणगराउनुमा कुनै भरोसा छैन। हाम्रो मान्यता छ, हाम्री छोरीको हत्या गरिएको हो। उसको मृत्युको वास्तविकता सबै सामु छर्लङ्ग हुनुपर्छ। उनले आरोप लगाइन्, शवलाई उनीहरूको इच्छाविरूद्ध कोलकाता ल्याइएको थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande