सिलगढ़ी, 1 6 अगस्त (हि.स)। बागडोगराको मस्जिद पाड़ास्थित हुलिया नदी किनारमा एक अज्ञात व्यक्तिको शव भेटिएको छ। स्थानीय मानिसहरूले शनिवार बिहान नदी किनारमा उक्त व्यक्तिको शवलाई देखे। घटना सामु आउनसाथ क्षेत्रमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो। त्यसपछि हतार-हतार यसको सूचना बागडोगरा थानाको पुलिसलाई दिइयो।
पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। स्थानीय मानिसहरूले अनुमान व्यक्त गरेका छन्, व्यक्तिको मृत्यु सिंढ़ीबाट झरेर भएको हुनसक्छ। बागडोगरा पुलिस मृत्युको कारण पत्तो लगाउन साथै शवलाई चिन्हित गर्न जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा