धेमाली बम विस्फोटः असम पुलिस मुख्यालमा शोकसभा सम्पन्न
धेमाली बम विस्फोटः असम पुलिस मुख्यालमा शोकसभा सम्पन्न


गुवाहाटी, 16 अगस्त (हि.स.)। असम पुलिस मुख्यालयमा शनिवार धेमाजीमा पछिल्लो 15 अगस्त, 2004- को स्वतन्त्रता दिवस समारोह अवधि भएको बम विस्फोटमा शहीद भएका अबोध नानीहरू सहित अन्यक स्मृतिमा शोक दिवस मनाइयो।

यस अवसरमा असम पुलिस महानिदेशक हरमित सिंह, पुलिस महानिरीक्षक अखिलेश सिंह, विवेकराज सिंह औ प्रशान्त कुमार भुइयाँ, विभिन्न वर्गका अन्य वरिष्ठ पुलिस अधिकारी एवं कर्मचारीहरूले शोक दिवसमा भाग लिए।

समाजमा शान्ति, सामाजिक श्रृंखला एवं सबै श्रेणीका नागरिकहरूमाझ पारम्परिक सोंचलाई उच्च बनाउनको लागि काम गर्नको साथै मानव जीवन तथा स्थापित मूल्यहरूको लागि शंका अनि खतरा उत्पन्न गर्ने अशुभ व्यक्तिहरू विरूद्ध एकजुट भएर प्रतिकार गर्नको लागि शपथ दिलाइयो। शपथ ग्रहण सहायक पुलिस महानिरीक्षक (प्रशासन) प्रणब ज्योति गोस्वामीले गराए।

स्मरण गराइन्छ, गुवाहाटीको धेमाजी स्कूलमा 15 अगस्त, 2004-मा स्वतन्त्रता दिवसको दिन बम विस्फोट भएको थियो। घटनामा 13 जना बाल-बालिकाहरू सहित 18 जना मारिएका थिए। यस घटनाको पछाड़ि प्रतिबन्धित उग्रवादी संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम (उल्फा)-को हात थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande