जलपाईगुड़ी, 16 अगस्त (हि.स)। मालबजार सुपर स्पेशियलिटी अस्पतालमा भर्ती एक जना रोगीको मृत्युले स्थिति तनाउपूर्ण भएको छ। चिकित्सकहरूमाथि लापरवाही गरेको आरोप लगाउँदै परिवारले बबाल मच्चायो।
सूत्रानुसार अमित उराँउ (19)-लाई गत बिहीवार अपरान्ह दाहिनी खुट्टामा घाउ निक्लिएको कारण मालबजार सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरिएको थियो। अमित रंगामाटी ग्राम पञ्चायत अन्तर्गत न्यू ग्लेनको चिया बगानस्थित चार नम्बर लाइनका निवासी थिए। तथापि भर्ती भएको दिन उ केही स्वस्थ थियो। तर गए शुक्रवार अबेर साँझ उसको अवस्था अचानक बिग्रियो। पछि उसको मृत्यु पनि भयो। त्यसपछि शनिवार परिवारले चिकित्सकहरूको लापरवाहीको कारण उसको मृत्यु भएको आरोप लगाउँदै बबाल गर्न शुरू गऱ्यो।
मृतकका पिता सुशिल उराँउले भने, मेरो छोरा पीड़ाले छटपटिरहेको थियो। यदि चिकित्सकहरूले उचित उपचार गरेको भए आज उ जिउँदो हुनेथ्यो। मृतक परिवारले अस्पताल अधीक्षकलाई लिखित सिकायत दर्ता गरी आरोपीहरूलाई कड़ा कारबाही गर्ने माग गऱ्यो।
मालबजार सुपर स्पेशियलिटी अस्पतालका नवनियुक्त अधीक्षक सौर रञ्जन बोसले भने, यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो। अस्पतालले रोगी परिवारलाई यथासम्भव सहयोग गर्छ। रोगीको परिवारद्वारा दर्ता सिकायतको जाँच गरिनेछ।
मालबजार पुलिस थानाद्वारा रोगीको शवलाई पोस्टमर्टम गर्नको लागि जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको असली कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा